सुचना नेपाली भाषामा उपलब्ध छ
ट्रान्सपोर्ट (यातायात) तथा लजिस्टिक (रसद) ब्यूरोको वेबसाइटमा नेपाली भाषा संस्करणले चयन गरिएका आवश्यक जानकारी मात्र समावेश गर्दछ। तपाईंले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा पढ्न सक्नुहुन्छ।
हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको ट्रान्सपोर्ट र लजिस्टिक ब्यूरोको गृहपृष्ठमा स्वागत छ।
हङकङको यातायात र रसदको विकासको लागि ट्रान्सपोर्ट र लजिस्टिक ब्यूरोको नीतिगत जिम्मेवारी छ।
हाम्रो ब्यूरो हवाई सेवा, भूमि यातायात, सामुद्रिक यातायात र रसद सहित हङकङको आन्तरिक तथा बाह्य यातायात सम्बन्धी मामिलाहरूमा नीतिहरू निर्माण गर्न जिम्मेवार छ। यी नीतिहरूले अन्तर्राष्ट्रिय यातायात केन्द्रको रूपमा हङकङको स्थिति राम्रो गर्ने र सुदृढ पार्ने लक्ष्य राख्दछ; एक अन्तर्राष्ट्रिय उड्डयन हब साथै क्षेत्रीय रसद हब।
आन्तरिक यातायातमा, हामी हाम्रो सार्वजनिक यातायात प्रणालीको मेरुदण्डको रूपमा रेलहरुलाई प्रयोग गर्न जारी राख्नेछौं र व्यवस्थित र समयमै रेल परियोजनाहरू कार्यान्वयन गर्नेछौं। त्यही समयमा, हामी हङकङको समग्र दीर्घकालीन विकास आवश्यकताहरू पूरा गर्न विभिन्न सडक पूर्वाधार परियोजनाहरू अगाडि बढाउनेछौं। हामी सार्वजनिक यातायात सेवाहरूको गुणस्तर सुधार गर्न र यी सेवाहरूको प्रयोगलाई प्रोत्साहन गर्न पनि प्रतिबद्ध छौं। यसबाहेक, हामी "स्मार्ट मोबिलिटी" लाई प्रवर्द्धन गर्ने, सडक सुरक्षा बढाउन र पैदलयात्री-मैत्री वातावरणलाई बढावा दिने प्रयास गर्छौं। हामी नयाँ निर्माण र विद्यमान सीमा-पार यातायात पूर्वाधारहरू स्तरवृद्धि गरेर मुख्य भूमिसँगको हाम्रो सम्पर्कलाई अझ बढाउन खोज्नेछौं।
हवाई यातायातको क्षेत्रमा, हामी हाम्रो हवाई सेवा सञ्जाल विस्तार गरेर, हङकङ अन्तर्राष्ट्रिय विमानस्थललाई एयरपोर्ट सिटीमा रूपान्तरण गर्न विमानस्थल प्राधिकरणसँग साझेदारी गर्दै र जनशक्ति प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय र क्षेत्रीय उड्डयन हबको रूपमा हङकङको स्थिति कायम राख्न र बढाउने, यसको अन्तर्राष्ट्रिय उड्डयन एकेडेमी मार्फत प्रशिक्षण, हवाई यातायातमा सुरक्षा र दक्षता प्रवर्द्धन गर्दै, र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र अन्तर्राष्ट्रिय हवाई यातायात संघ जस्ता अन्तर्राष्ट्रिय निकायहरूसँग साझेदारी गरेर हाम्रो उड्डयन-सम्बन्धित शक्तिहरूलाई समृद्ध बनाउने प्रयास गर्नेछौं।
सामुद्रिक विकासको सन्दर्भमा, हामी हङकङको उच्च मुल्य-थप्ने सामुद्रिक सेवा केन्द्र र एशिया प्रशान्त क्षेत्रमा एउटा महत्त्वपूर्ण ट्रान्सशिपमेन्ट हबको रूपमा सक्रिय रूपमा विकास गर्न जारी राख्नेछौं। हामी हाम्रो बन्दरगाहको उच्च दक्षता, राम्रो कनेक्टिभिटी र फराकिलो कभरेजको बललाई कायम राख्न जारी राख्नेछौं, र सामुद्रिक र बन्दरगाह उद्योगमा व्यापार प्रक्रिया र सञ्चालनहरूमा डिजिटल प्रविधिको व्यापक प्रयोगलाई बढावा दिनेछौं।
हङकङ एसियामा क्षेत्रीय लजिस्टिक (रसद) केन्द्रको रूपमा रहेको छ जुन हाम्रो उड्डयन र सामुद्रिक रसदमा बलियो हुनुको कारण हो। अन्तर्राष्ट्रिय उड्डयन हब र सामुद्रिक केन्द्रको रूपमा हाम्रो स्थितिलाई सुदृढ पार्नुको अलावा, हामीले हङकङको रसद क्षेत्रको प्रतिस्पर्धात्मकता बढाउन पूर्वाधार स्तरोन्नति र जनशक्ति प्रशिक्षण मार्फत क्षेत्रीय लजिस्टिक हबको रूपमा हङकङको भूमिकालाई सुदृढ गर्दै आएका छौं। हामी उच्च मूल्य भएको रसद सेवाहरू विकास गर्न प्रयास गर्छौं, र गुआंगडोङ-हङकङ-मकाओ ग्रेटर बे एरियामा रसद सूचना र सामानहरूको प्रवाहलाई थप सुविधा दिन बहु-मोडल सुधार गरेर, उद्योगको बृद्धिलाई सक्रिय रूपमा सहयोग गर्न, साथै व्यावसायिक तालिम र प्रवर्द्धन मार्फत जनशक्ति आपूर्ति बढाउन रसद उद्योगमा प्रविधिको व्यापक प्रयोगलाई दक्षता र उत्पादकता बढाउन प्रोत्साहित गर्छौं।
"जनवादी गणतन्त्र चीनको राष्ट्रिय आर्थिक र सामाजिक विकासको लागि १४औँ पञ्चवर्षीय योजनाको रूपरेखा र सन् २०३५ सम्मको दीर्घकालीन उद्देश्यहरू"बाट उत्पन्न हुने अपार अवसरहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न बेल्ट एण्ड रोड इनिसिएटिभ र ग्रेटर बे एरिया विकास, हामी उड्डयन, सामुद्रिक र रसद विकासमा मुलभुमीसँग घनिष्ठ सहयोग प्रवर्द्धन गर्न, र राष्ट्रिय विकासमा राम्रो समायोजन हासिल गर्नको लागी फाइदाहरुको पूरक र पारस्परिक लाभ प्राप्त गर्न कोसिस गर्छौं।
यस गृहपृष्ठमा, तपाईंले हाम्रो संगठन, नीति उद्देश्यहरू र हाम्रा गतिविधिहरूमा नयाँ समाचारहरू बारे विस्तृत जानकारी पाउनुहुनेछ। मलाई आशा छ कि तपाईंले यसलाई उपयोगी र जानकारीमूलक पाउनुहुनेछ। सुझाव र टिप्पणी धेरै-धेरै स्वागत छ।
हाम्रो गृहपृष्ठ सर्फिङको आनन्द लिनुहोस्।
I. सार्वजनिक यातायातमा भाडा अनुदान योजना
दैनिक आवतजावतका लागि स्थानीय सार्वजनिक यातायात सेवामा यात्रा गर्ने र सार्वजनिक यातायात खर्च तुलनात्मक रुपमा बढी हुने यात्रुहरूलाई भाडाको बोझ कम गर्न सरकारले सन् २०१९ देखि सार्वजनिक यातायातमा भाडा अनुदान योजना सुरु गरेको छ। योजनाको बारेमा थप विवरणहरूको लागि, कृपया यहाँ क्लिक गर्नुहोस् (https://www.ptfss.gov.hk/en-main.html#/en-home).
II. सामुद्रिक र उड्डयन प्रशिक्षण कोष
सामुद्रिक र उड्डयन तालिम कोष (MATF) १ अप्रिल २०१४ मा सञ्चालनमा आएको थियो। यसको उद्देश्य निश्चित समयमा हङकङको भविष्यको विकासलाई सहयोग गर्न दुई क्षेत्रमा पेशेवर र प्राविधिक कर्मचारीहरूको जीवन्त, विविध र प्रतिस्पर्धी समूह निर्माण गर्ने हो। आर्थिक वर्ष २०२३-२४ सम्म $ ५०० मिलियनको कुल प्रतिबद्धताका साथ, MATF ले जनशक्ति विकास र सामुद्रिक, उड्डयन र रसद उद्योगको प्रवर्द्धनको लागी सरकारको सहयोगलाई निरन्तरता दिन्छ र बढाउँछ।
MATF अन्तर्गत सञ्चालित योजनाहरू:
समुद्री | उड्डयन | रसद (लजिस्टिक्स) |
![]() |
![]() |
![]() |
सोधपुछका लागि, कृपया matf@tlb.gov.hk मा इमेल गर्नुहोस् वा 3509 7261 मा MATF हटलाईनमा कल गर्नुहोस्।